Logo
Logo

‘राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ’ भनी अमेरिका पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, ७ माघ । ‘राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ’ भनी अमेरिका पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले मंगलबार दरबारमार्गबाट संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौंको मित्रपार्क बस्ने ६० वार्षीय तुलसी थापालाई पक्राउ गरेको हो ।

थापाले अमेरिकामा हुने कार्यक्रममा आफू जाँदा ५ वर्षको ‘मल्टिपल’ भिसा लगाई अमेरिका लैजान्छु भन्दै १५ लाख ठगी गरेको महाशाखाले जनाएको छ । महाशाखाले थापाबाट गठिएकाहरूले सम्पर्क राख्नको लागि अनुरोध समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्