Logo
Logo

पछिल्लो २४ घण्टामा ३१८ संक्रमित थपिए, ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये २ लाख ६२ हजार ६४२ जना निको भइसकेका छन् । गत २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ । अहिले देशभर ३ हजार ६९३ जना सक्रिय संक्रमित छन् ।

यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १६५जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्