Logo
Logo

ओली ट्रम्पकै हालतमा पुग्नेछन् : उपेन्द्र यादव


- दृष्टि न्युज/संवाददाता


सप्तरी, ७ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन् ।

आज ( बुधबार) सप्तरीमा आयोजित प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले अहंकर नत्यागे प्रधानमन्त्री ओलीको हालत ट्रम्पको जस्तै हुने बताएका हुन् ।

उनले ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै महाभियोग लागे जस्तै अवस्था आउने समेत दावी गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र ?’

प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ ।’
यस्तै, कांग्रेसले पनि पछिल्लो समय ढुलमुलको चरित्र देखाएको आरोप अध्यक्ष यादवको छ । दुई–चारवटा राजनीतिक नियुक्तिका लागि काँग्रेसका नेतृत्व पक्षले ओली समक्ष टाउको झुकाएर बस्नु गलत भएको अध्यक्ष यादवको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्