Logo
Logo

६ महिनापछि बल्ल पुग्यो मुगुमा खाद्यान्न


- दृष्टि न्युज/संवाददाता


मुगु, ७ माघ । हिमाली जिल्ला मुगुका सबै डिपो बिक्री केन्द्रहरूमा करिब ६ महिनापछि खाद्यान्न पुगेको छ । ६ महिनासम्म रित्तै रहेका जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा शर्मा ढुवानी सेवा केन्द्रलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले पटकपटक ताकेता गरेपछि बल्ला आद्यान्न पुगेको हो ।

६ महिनासम्म रित्तै भएको पुलु डिपो केन्द्रमा बल्ल खाद्यान्न पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । अहिले पुलु डिपो केन्दमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगतजस्तो अभाव नहुने दावी गरिएको छ ।

त्यस्तै, सोरु गाउँपालिकाको सोरुकोट डिपो केन्द्रमा २ सय क्विन्टल चामल मौज्दात छ भने कालै बिक्री केन्द्रमा १ हजार ९० क्विन्टल खाद्यान्न मौज्दात छ । उता, खत्याड गाउँपालिकाको रातापानीमा रहेको डिपो केन्द्रमा ६० क्विन्टल खाद्यान्न छ भने शाखा कार्यालय गमगढी बजारमा २ हजार ८ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका अनुसार जिल्लाका २ स्थानबाट सहकारीमार्फत चामल बिक्री भइरहेको छ । ०००

प्रतिक्रिया दिनुहोस्