Logo
Logo

निर्धारित मितिमै चुनाव हुनछ : सामान्य प्रशासन मन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने दावी गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ठगुन्नाले सरकारले निर्वाचन गर्ने कार्यक्रमको लागि पर्याप्त तयारीको थालनी गरेको बताए ।

उनले निर्वाचनमा सहभागी हुन आग्रह पनि गरे । यस्तै, उनले भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा सरकारल आफ्नो कार्यक्रम अघि बढाउदै लगेको समेत बताए ।

ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले दावी गरे । अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गर्दै वर्तमान सरकारले सीमामा सुरक्षाको राम्रो प्रबन्ध गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्