Logo
Logo

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता, बाइडेन प्रशासनका प्राथमिकताबारे छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका प्राथमिकताबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् ।

शुक्रबार बालुवाटारमा बाइडेनका प्रमुख प्राथमिकताबारे छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । भेटका क्रममा राजदूत बेरीले बाइडेन प्रशासन जलवायु परिवर्तन‚ आणविक प्रसार‚ साइबर युद्ध‚ कोभिड-१९ जस्ता कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताए ।

राजदूत बेरीले नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने बताए । राष्ट्रपति बाइडेनले कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्