Logo
Logo

बिग बास लिग : पर्थविरुद्ध सन्दीपले लिए २ विकेट


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडाैं, ९ माघ । सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको शुक्रबार जारी पर्थ स्कर्चर्सविरुद्ध लगातार दुई ओभरमा दुई विकेट लिएका छन् ।  पछिल्लो दुई खेलमा विकेट लिन नसकेका सन्दीपले शुक्रबार पर्थ स्कोरचर्स विरुद्धको खेलमा ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पर्थका ओपनर लियम लिभिङ्गसटोनलाई डेविड मालानबाट क्याचआउट गराए । यस्तै सन्दीपले आफ्नो दोस्रो ओभरमा मिचर्ल मार्सलाई एलबीडब्लु गरे ।

सन्दीपले पहिलो ओभरमा ९ रन खर्चे भने दोस्रो ओभरमा ५ रन खर्चिए । तेस्रो र चौथो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् । उनले तेस्रो ओभरमा ७ र चौथो ओभरमा ६ रन खर्चिए । ७ बल डट फालेका सन्दीपले एक चौका र एक छक्का दिएका थिए ।

पहिलो बलमै लियाम लिभिङस्टोनले छक्का प्रहार गर्दै सन्दीपको सुरुवात गरेका थिए । पहिलो बलमा छक्का खर्चिए पनि दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिदै पूनरागमन गरेका थिए ।

दिल्लीले बुधबार सन्दीपलाई रिलिज गरेको थियो । आगामी फेब्रुअरीमा हुने अक्सनमा अब उनी सहभागी हुन पाउने छन् । दिल्लीले लगातार तीन सिजन राखेपछि सन्दीपलाई रिलिज गरेको हो। उनले आईपीएलको गत सिजन एक खेल पनि खेल्न पाएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्