Logo
Logo

श्रीलंकाद्धारा कोभिडका कारण बन्द गरेका सबै सीमा खुला


- दृष्टि न्युज/संवाददाता


DCF 1.0

कोलम्बो, ९ माघ (एजेन्सी) । श्रीलंकाले कोभिड–१९ को असरका कारण बन्द गरेका आफ्नो देशको सबै सीमा खुला गरेको जनाएको छ । श्रीलंकाको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलंका आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।
यस अघि श्रीलंकामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलंकाको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलंकाली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलंकाली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलंकाले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए । उनले श्रीलंकाको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलंकाली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए ।
उनले यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिए । यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उनले श्रीलंकाको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए ।
तर यहाँ आउने प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए । उनका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्