Logo
Logo

सरकारले चिठ्ठीदेखि राजपत्रसम्म कीर्ते गर्यो : योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संसद विघटनको प्रक्रियामा चिठ्ठीदेखि राजपत्र प्रकाशनसम्म सरकारले कीर्ते गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरि अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, कीर्ते काम ? तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? ज्जाबोध !’

पुस ५ गते भएको प्रनिनिधिसभा विघटनको सूचना राजपत्रमा भने माघ ८ गते बिहीबार छापिएको छ । झण्डै ३५ दिनपछि नेपाल राजपत्रमा उक्त सूचना पुस ५ गतेकै मिति राखेर प्रकाशित गरिएको छ । साधारणत: निर्णय भएकै दिन यस्तो सूचना प्रकाशित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्