Logo
Logo

दुई वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड


- दृष्टि न्युज/संवाददाता


गुल्मी, ९ माघ । गुल्मीकाे मालिका गाउँपालिका वडा नं.- ७ को वडा कार्यालय ३ पटक तोडफोड भएको छ । नचिनेका व्यक्तिले बुधबार राति वडा कार्यालयका २ कोठामा तोडफोड गरेर ल्यापटप चोरेको वडाध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए ।

वडा कार्यालयको वडाध्यक्ष कक्ष र वडासचिव कक्षमा तोडफोड गर्नुका साथै वडा कार्यालयको ल्यापटप लगेर गएको पन्थीले बताए । सिसि टिभीको डिस्क पनि निकालेर फालिएको अवस्थामा बिहिबार अवेर फेला परेको छ ।

वडाध्यक्ष पन्थीका अनुसार गत असोज १० गते ६० हजार नगद चोरी भएको छ । भने ०७६ पुस ९ गते वडा कार्यालय तोडफोड गरेर नगद ३० हजार चोरी भएको थियो । पटकपटक वडा कार्यालय तोडफोड हुँदा आफुहरुलाई असुरक्षा समेत सृजना भएको पन्थीले बताए ।

त्यस्तै इस्मा गाउँपालिका २ को वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले जानकारी दिइन् । पैसा भएको शंकामा वडा कार्यालय र स्वास्थ्यचौकीको कोठाहरु तोडफोड गरिएको केसीले बताइन् ।

कोठामा भएका टेवल र दराजका घर्राहरु फोरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले सूचना संकलन र अनुसन्धानको काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्