Logo
Logo

बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार (माघ १४ गते)बाट कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १४ गतेदेखि खोप लगाउन सुरु गर्ने जानकारी दिएका हुन् ।

नेपालमा मुलुकमा कोरोनाभाइरस नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको भन्दै उनले पहिलो चरणमा अग्रभावमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाउने जानकारी दिए ।  उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगेका छौं ।’ पर्याप्त खोप नआइसकेकाले अझै केही महिना अझ सावधानी अपनाउन आग्रह गरे ।

पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् । भारतको अनुदान सहयोगमा बिहीबार १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्