Logo
Logo

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट गरेको छ ।

चन्द्रागिरीको आइपिओ निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने २ जनाले ११ कित्ता पाएका छन् ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणतर्फको १५ लाख ३४ कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीले निष्काशन गरेको प्राथमिक सेयरमा सर्वसाधारणबाट १२ लाख ५१ हजारले आवदेन परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्