Logo
Logo

पश्चिम बंगालमा गोली हानी विधायकको हत्या


- दृष्टि न्युज/संवाददाता


कोलकाता, २७ माघ (सिन्ह्वा) । भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।
पश्चिम बंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।
पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो । गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पु¥याइएको भए पनि चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका थिए ।
सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उहाँमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । ‘कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो, त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,’ प्रहरीले जनाएको छ ।
त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएको छ । तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्