Logo
Logo

आफ्नै निर्देशन बुनुको ‘लहराओस् चन्द्र सुर्य झण्डा’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । गायिका बुनु श्रेष्ठको ‘लहराओस् चन्द्र सुर्य झण्डा’ बोल गीतको भिडियो आएको छ । हालै सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनक शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ । गीतमा साहास शाक्यको एरेन्ज छ ।
राष्ट्रिय भावनामा आधारित गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ । गायिका श्रेष्ठले दुःखसुखमा आफ्नो देशलाई भुल्न नसकिने र विश्वमा जहाँ भएनी देशको गुण भुल्न नहुने गीतमार्फत सन्देश दिन खोजेको बताइन् ।
अनिल कटवालको छायाँकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोलाई गायिका बुनु श्रेष्ठले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्