एजेन्सी, १० माघ । स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।
जिदान अघिल्लो साता कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेपनि उनको नेगेटिभ नतिजा आएको थियो । तर, स्पेनिस कोपा डेल रे को अन्तिम ३२ को खेलबाट बाहिरिएको एक दिनपछि उनलाई कोरोना पुष्टि भएको हो ।
यससँगै जिदानले स्पेनिल ला लिगामा एलाभेसविरुद्धको खेल गुमाउने पक्का भएको छ । रियलले शनिबार राति एलाभेससाग प्रतिस्पर्धा गर्दैछ । अब जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको टच लाइनमा रहनेछन् ।











