Logo
Logo

शान्तिको कामना गर्दै ‘मिस नेवा’ प्रतियोगीले गरे पुजाआजा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । ‘मिस नेवाः नेपाल’ नजिकिएसँगै प्रतिस्पर्धीहरुको व्यस्तता दिनदिनै बढ्दै गएको छ । नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानका लागि नेप्लीज फेसन होमले आयोजना गर्दै आएको यस प्रतियोगिताका प्रतियोगीहरु अहिले विभिन्न परीक्षणमा व्यस्त भएका छन् ।
१५औँ संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीले विश्व शान्तिको कामना गर्दै काठमाडौंको माहाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । उनीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रबार महाँकाल मन्दिरमा लाखबत्ती बालेका छन् । शनिबार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पूजाआजा गरे ।


आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरकाअनुसार नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिबृद्धि गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउनेलाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।
यस वर्षका ‘मिस नेवाः नेपाल’ आगामी ७ फागुनमा हुँदैछ । यतिखेर प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा गर्दैछन् । उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्