Logo
Logo

भारतमा हात्तीमाथि आगो आक्रमण, दुई जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, १० माघ । छिमेकी मुलुक भारतमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको छ । बीबीसी हिन्दीका अनुसार भारतको तमिलनाडुमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको हो ।

उक्त टायर हात्तीको शरीरबाट नझरेपछि त्यसले जलेर हात्ती मरेको छ । आगोले घाइते भएको उक्त हात्तीको उपचारकै क्रममा मृत्यु भएको हाे । सार्वजनिक भिडियाेमा मानिसहरुले हात्तीमाथि जलिरहेको टायर फालेको देखिन्छ । उक्त भिडियाे सार्वजनिक भएपछि तमिलनाडुमा भएको यस घटनाको विश्वभरबाट निन्दा भइरहेको छ ।

हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति पक्राउ परेका छन् । तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ ।

उनीहरु तीनै जनामाथि वन्यजन्तु संरक्षण कानुन अन्तर्गत कारवाही अगाडि बढाइने छ ।

भिडियाे-

 

 

प्रतिक्रिया दिनुहोस्