Logo
Logo

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्छ : देवेन्द्र पौडेल


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडाैं, १० माघ । नेकपा प्रचण्ड-माधव समूहका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुर्‍याएकाे बताएका छन् ।

शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा ‘कम्युनिष्ट स्कुल’ लोकार्पण कार्यक्रममा पार्टी एकताका क्रममा भएका कमिकमजोरीहरुलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने बताए ।

जनताको माग एकतातिर रहेको र जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन नसकिएको भन्दै उनले समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखे ।

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने र नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्