Logo
Logo

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, १० माघ । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । ‘टिकटक’ बनाउनका लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी सहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्