Logo
Logo

राहुल गान्धी ‘झुटको नायक’ : चौहान


भडोडारा/एएनआई


Rahul gandhi

भडोडारा, २७ माघ (एएनआई) । भारतको मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन् ।
गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ । अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिएका थिए । यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहो-याउन गरेको आरोप लगाएका थिए ।
गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आइतबार सो भनाई राखेका हुन् । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्काे तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्