Logo
Logo

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ  । नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन भएको छ ।

गत पुष २९ गते बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सूची अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रमुखमा एसएसपी दुर्गा सिंहको सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत थिइन् ।

त्यसैगरी, रवीन्द्र केसीको अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा भएको छ । प्रदीपकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखाको जिम्मेवारी पाएका छन् ।

पदस्थापना र सरूवाकाे सूची हेर्नुहोस्ः

 

 

प्रतिक्रिया दिनुहोस्