Logo
Logo

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । कोभिड-१९ (कोरोनाभाइरस)बाट पछिल्लो २४ घण्टामा नेपालमा ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार एक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

कुल संक्रमितमध्ये २ लाख ६४ हजार १३७ जना कोरोनामुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्