Logo
Logo

सावित्रा भण्डारीको ४ गोलमा एपिएफको शान्दार जित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले शान्दार जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा एपिएफले विराटनगर नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा ४-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप ३ गोल थप्यो । एपीएफलाई शान्दार जित दिलाउनको लागि सावित्रा भण्डारी साम्बाले ४ गोल गरिन् । अनिता केसीले २ तथा सरु लिम्बुले एक गोल गरिन् ।

खेलकाे नवौं मिनेटमा अनिता केसीको गोलमा एपीएफले अग्रता बनाएको थियो । खेलकाे २५ मिनेटमा सवित्राले गाेल गर्दै अग्रता दाेब्बर बनाइन् ।

४२ औं मिनेटमा सावित्राले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । उनले प्रिति राईको पासमा गाेल गरेकी थिइन् ।

७२ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै अग्रता फरकिलो पारिन् । त्यसको २ मिनेटपछि सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।
दोस्रो हाफको ८० औं मिनेटमा अनिता केसीले व्यक्तीगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन् । खेलकाे अन्तिम समयमा सवित्राले गाेल गर्दै एपीएफ लाई ७-० गोल अन्तरकाे जित दिलाइन् ।

शतप्रतिशत नतिजा निकालेको एपिएफको ६ अंक छ । एपिएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० अन्तरले पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्