Logo
Logo

बिग ब्यास : सिड्नीमाथि होबार्ट हाेरिकेन्सकाे जित, सन्दीपले लिए २ विकेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । बिग ब्यास लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हाेरिकेन्स विजयी भएको छ । आइतबारको खेलमा हाेरिकेन्सले सिड्नी सिक्सर्सलाई ७ रनले पराजित गरेको हो ।

हाेरिक्यान्सले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नी २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो । सिड्नीका लागि जोर्डन सिल्कले ७८ मोयसिस हेरनिक्विसले ४३ रन बनाए ।

हाेरिक्यानसका लागि सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै २४ रन दिएर दुई विकेट लिए । त्यस्तै नाथन इलिसले तीन तथा स्कट बोल्याण्डले दुई विकेट लिए ।

यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको होबार्टले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ८८ रन बनायो ।

होबार्टका लागि म्याथ्यु वेडले ८६ र डार्सी शर्टले ७२ रन बनाए । सिड्नीका लागि सेन एबट, बेन ड्वार्श्विस र ज्याक बलले समान दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्