Logo
Logo

जनकपुरमा ५७२ जनालाई जग्गाधनी प्रमाण पत्र वितरण


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, ११ माघ । जनकपुरधाम उपमहानगरपालिका–२१ का ५७२ जनालाई आज जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ । नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको कुर्थामा आज आयोजित समारोहमा उनीहरूलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेका हुन् ।

वितरण गरिएका जग्गाको नापी कार्य १० वर्षअघि नै भएकोमा स्थानीय विवादका कारण वितरण कार्य अन्योलमा परेको थियो । सो अवसरमा नगरप्रमुख साहले आपसी विवादका कारण जग्गाधनी प्रमाण पत्र नपाउने अवस्था उत्पन्न नगर्न आग्रह गरे ।

ग्रामीण भेगमा इन्च–इन्चको विवाद हुने गरेका कारण जग्गाधनी प्रमाण पत्र वितरण कार्य प्रभावित भएको चर्चा गर्दै उनले सामान्य विवाद त्यागी उदार बन्नु आवश्यक रहेको धारणा राखे ।

नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्