Logo
Logo

निर्वाचनले मुलुकको आर्थिक क्रियाकलाप बढ्छ : अर्थमन्त्री पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, १२ माघ । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनले आर्थिक गतिविधि बढ्ने भन्दै कोभिडले सुस्ताएको अर्थतन्त्रमा सकारात्मक असर पर्ने बताएका छन् ।

६९औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा गरेको कार्यक्रममा उनले वैशाखमा हुने निर्वाचनले मुलुकको आर्थिक क्रियाकलाप बढ्ने बताए । निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने उनले बताए ।

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राखे । त्यस्तै उनले लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने उनले बताए ।

मन्त्री पौडेलले फ्रन्टलाइनरबाट खोप सुरू गरेर आर्थिक सामाजिक अवस्थालाई पूर्ववत अवस्थामा फर्काउने सरकारले लक्ष्य रहेको भन्दै कोभिडका निमित्त आवश्यक पर्ने स्रोतको प्रबन्ध गर्न नेपाल सरकार सक्षम रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्