Logo
Logo

प्रधानमन्त्री कप : आर्मीलाई हराउँदै एपीएफ समूह विजेता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को समूह विजेता बनेको छ ।

सोमबार भएको खेलमा आर्मीलाई ६ विकेटले हराउँदै एपीएफ समूह विजेता बनेको हो । अब एपीएफले पहिलो सेमिफाइनलमा समूह ‘बी’को उप-विजेता अर्को विभागीय टोली नेपाल पुलिसँग खेल्नेछ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २४१ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३४ रन मात्र बनायो । आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै राजेश पुलामीले ३३ रन बनाउँदा रोहित पौड्यलले ३० रनको योगदान गरे । आर्मीका लागि विक्रम सोबले २८ रन बनाउँदा भीम सार्कीले २७ रन बनाए ।

बलिङतर्फ एपीएफका लागि कमल ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भवन कार्कीले दुई विकेट लिए । त्यस्तै अविनाश बोहोराले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै ओपनिङमा आएका सुवास खकुरेलले ३८ रन बनाए । एपीएफका लागि शरद भेषवाकर २४, अमर राउटेल, सन्दीप जोरा २८ तथा वसन्त रेग्मीले २० रन बनाए ।

बलिङतर्फ आर्मीका लागि हरि चौहानले सर्वाधिक ५ विकेट लिए । ९ ओभर ४ बल बलिङ गरेका उनले एक मेडन ओभर फालेर ६० रन खर्चे । त्यस्तै साहब आलम र विक्रम सोबले २/२ विकेट लिँदा आकाश चन्द र सुशन भारीले १/१ विकेट लिए । अब एपीएफले पहिलो सेमिफाइनलमा १४ गते पुलिसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्