Logo
Logo

मंगलबार ३०३ जना कोरोना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । नेपालमा मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म २ हजार १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २८५ जना कोरानोमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६४ हजार ८२३ जना कोरोनासंक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ३२ सय ५२ आइशोलेशनमा छन् भने १२२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्