Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव समूहले निकाल्याे सिठ्ठी जुलुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंमा  सिठ्ठी जुलुस निकालेको छ ।

काठमाडौंको लैनचौरबाट सुरु  सिठ्ठी जुलुस असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सम्पन्न भएको थियो ।  सिठ्ठी फुकेर जुलुसमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर्नुपर्ने भन्दै सरकारबिरोधी नारा लगाएका थिए ।

नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जसअनुसार, मंगलबार सिठ्ठी जुलुस निकालिएको नेकपाले जनाएको छ ।

आन्दोलनका क्रममा नेकपाका सो पक्षले देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्ने तय गरेको छ । १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यसहितको दैनिक धर्ना कार्यक्रम हुने छ ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जलि कार्यक्रम राखिएको छ । देशभर विभिन्न विरोध सभा र आन्दोलन घोषणा गरिएको छ ।

माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत् जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मसाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत् विरोध प्रदर्शन तथा सभा हुने तया भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्