Logo
Logo

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, ३० गते देशभर प्रदर्शन गर्ने


- दृष्टि न्युज/संवाददाता

169
Shares

काठमाडौं, १३ माघ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमकाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।

यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ । माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्