Logo
Logo

किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक पक्राउ


- दृष्टि न्युज/संवाददाता

507
Shares

 कैलाली, १३ माघ । १३ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय अर्जुन विके पक्राउ परेका हुन् ।

कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो ।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षीया किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए । गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए ।

त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्