Logo
Logo

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध बुधबार अपहेलना मुद्दा दर्ता भएको हो ।

अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी विज्ञप्ति निकालेर अदालतको अपहेलना गरेको जिकिर गरेका छन् ।

चार पूर्वप्रधानन्याधीशहरूले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको लिखित वक्तव्य निकालेका थिए । उक्त लिखित वक्तव्यले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन खोजेको आरोप लगाइएको छ । निवेदनमा चारै जना पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिन माग गरिएको छ ।

चार पूर्वप्रधानन्याधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसलाई अदालतले बदर गर्नुपर्ने आशयको वक्तव्य दिएका थिए ।

मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्