Logo
Logo

निर्वाचनका लागि तयारी रहन मन्त्री पौडेलकाे आग्रह


- दृष्टि न्युज/संवाददाता

189
Shares

बुटवल, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एंव अर्थमन्त्री विष्णु पौडेलले वैशाखमा हुने निर्वाचनका लागि सबैलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

बुटवल उपमहानगर पालिका ११ स्थित देवी नगर र बुद्धनगर जोड्ने (तिनाउ नदी पुल) को उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार जनताको सुखदुखमा साझेदारी गर्दै अघि बढेको बताए ।

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे ।

मन्त्री पौडलले नेपाल र नेपालीको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या अब चाडै स्याथी रुपमा नै समाधान गर्ने बताए ।

११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको पुलको निर्माण कार्य विसं २०७२ असार ३० गते शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको हो ।

पुलको लम्बाइ ११० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहजता भएको छ ।

प्रतिक्रिया दिनुहोस्