Logo
Logo

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार, चालक अनुमति पत्रको परीक्षा स्थगित


- दृष्टि संवाददाता

22.2k
Shares

जनकपुरधाम, १४ माघ । यातायात कार्यालयमा अख्तियारले छापा मार्दा दुई जना पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा चालक अनुमति पत्रको कारोवार सुरु भएपछि आर्थिक चलखेल बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छापा मारेको हो ।

कार्यालय सकेपछि कर्मचारीहरु घुसको रकम मिलाउने बेलामा सूचनाको आधारमा गएराति १० बजेसम्म छापामारी गरेर एक जना कार्यालय सहयोगी र विचौलीया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा सहयोगले छापामारी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलिले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने २ लाख २३ हजार ८ सय तथा विचौलीयावाट ५० हजार रकम सहित पक्राउ गरेपनि एक जना भाग्नमा सफल भएको अख्तियार दरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको हो ।

अख्तियारको टोलीले सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएकोे जनाएको छ । कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम बरामद गरेका थिए ।

चालक अनुमति पत्रको परीक्षा स्थगित

अख्तियारले छापा मारेर कार्यालय सहयोगी र बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ ।

चालक अनुमति पत्रका लागि बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको सूचना मार्फत जनाएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्