
हेडलाइन्स्
१. नेपालमा आजबाट कोरोनाविरुद्ध खोप अभियान शुरु, पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप दिइयो, तीन महिनामा सबैलाई खोप वितरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
२. प्रतिनिधिसभा विघटनको मुद्दा लम्बिएको लम्बियै, समय घर्किदै गएकोमा इजलासको चिन्ता, बहस गर्न १५ मिनेटको समय तोकियो ।
३. पार्टी छोडेर गएको भन्दै फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रचण्ड–माधवलाई आग्रह, आगामी चुनावमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दावी ।
४. वामदेव गौतमले घोषणा गरे ‘नेकपा एकता राष्ट्रिय अभियान’, ओली र दाहाल दुवैका कारण पार्टी विभाजन भएको आरोप ।
५. शहीद र बेपत्ताका परिवारलाई सम्मानसम्बन्धी प्रस्ताव तयार गर्न सरकारले बनायो समिति, सत्यमोहन जोशी र स्वर्गीय माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट छाप्ने निर्णय ।
६. वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णय, वनसम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदन अनुसार खारेज गरिएको जवाफ ।
७. अस्तव्यवस्त बन्दै बुटवल उप–महानगरपालिका, ढल निकास नहुँदा वस्ती नै दुर्गन्धित, दुर्गन्धका कारण स्थानीवासीलाई समस्या ।
८. नेप्से सामान्य करेक्सन भएर १७ दशमलव ६,३ अंकले बढ्यो, ३ कम्पनीको ८४ लाख १७ हजार कित्ता बोनस सेयर सूचीकृत ।
९. एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा, राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिको पहिलो जित, सन् २०२१ को आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने ।
१०. र, विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत ।











