Logo
Logo

सावित्रा भण्डारीको ह्याट्रिकमा एपिएफको लगातार चौथो जित


- दृष्टि संवाददाता

2.2k
Shares

काठमाडौं, १५ माघ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । जितसँगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको यो पहिलो हार हो । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ ।

३२औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन । उनले अनिता केसीको पासमा गोल गरेका थिइन । ५६औं मिनेटमा सावित्राले सरु लिम्बुको पासमा गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् ।

८४औं मिनेटमा सावित्राले अनिता केसीको पासमा ह्याट्रिक पुरा गर्दै एपिएफलाई ३-० को फराकिलो जित दिलाइन् । जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो । उनले यसअघि चन्द्रपुर र विराटनगरविरु४ ह्याट्रिक पुरा गरेकी थिइन् ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ । बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित निकालेको हो ।

वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक एक गोल गरिन् ।

जितसँगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो । चौदण्डी अंक विहीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्