Logo
Logo

तर, म भाउ दिन्नँ- जुनु त्वायना


- दृष्टि न्युज/संवाददाता


पेशाले सिभिल इन्जिनियर हुन् जुनु त्वायना । तर, उनी बढी मोडलिङमै व्यस्त छिन् । २१ वर्षीया जुनुले रुचिकै कारण छोटो समयमै थुपै्र ¥याम्प, फोटोसुट तथा डकुमेन्ट्रीमा मोडलिङ गर्न भ्याइसकेकी छन् । भक्तपुर धर्मास्थलीकी जुनले ख्वाप कलेज अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङ गरेकी हुन् । ५ फिट ६ इन्च उचाइकी जुनु भन्छिन्, ‘पढाइ र पेशाका हिसाबले म सिभिल इन्जिनियर नै हुँ, तर, मलाई मोडलिङ र अभिनयमा बढी रुचि छ ।’ ग्ल्यामरस क्षेत्रमा नाम कमाउने र आफ्नो पेशाबाट दाम कमाउने उद्देश्य बोकेकी जुनुको मोडलिङ यात्रा भने २०१६ यतामात्र सुरु भएको हो । ‘मिस नेवाः’मा सहभागीपछि मोडलिङप्रति अझ बढी रुचि जाग्न थालेको उनले बताइन् । यिनै मोडल तथा सिभिल इन्जिनियर जुनु त्वायनासँग एमपी सुब्बाको जम्काभेट ।

सिभिल इन्जिनियर तथा मोडल

हिजोआज के गर्दै हुनुहुन्छ ?
फाट्टफुट मोडलिङ गर्दै आएकी छु । बाँकी कुरा त आफ्नो पेशागत हिसाबले इञ्जिनियरिङको कामहरु गरिरहेकी छु ।
पढाइ र पेशा सिभिल इन्जिनियर हुनुहन्छ । मोडलिङमा कसरी रुचि जाग्यो ?
हजुर, सानैबाट म मोडलिङमा रुचि राख्थेँ । त्यसैले पनि मोडलिङ अँगालेकी हुँ । मोडलिङमा सधैँ व्यस्त हुने कुरा पनि भएन । आफ्नो पेशा र रुचिलाई एकैसाथ अगाडि बढाउन सक्छु भन्ने सोचले यतातिर पनि लागेकी हुँ ।
मोडलिङमा के छ त्यस्तो, जसले तपाइँलाई आकर्षित ग¥यो ?
यो मोडलिङ भन्ने कुरा ग्ल्यामर फिल्ड हो । जहाँ नाम कमाउन सकिन्छ । म यो क्षेत्रमा नामकै लागि पाइला राखेकी हुँ । पैसा कमाएर मात्र हुँदैन, नाम पनि चाहिन्छ भन्ने सोचेरै मोडलिङ रोजेकी हुँ ।
मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ त ?
रमाइलो लागिरहेको छ । हुन त मैले मोडलिङ गर्न थालेको धेरै भएको छैन । तर, जति पनि मैले काम गरेँ, त्यसबाट धेरै कुराहरु सिक्न पाएँ । मेरो रुचि भएकाले पनि रमाइलो लागिरहेको छ ।
यहाँ राम्रो परिवारका छोरा–छोरीहरु मोडलिङमा आउन चाहँदैनन् भन्छन् नि ?
मैले पनि यस्तै सुनेकी हुँ । तर, मलाई लाग्छ, यो क्षेत्रमा राम्रो र नराम्रो हुनु आफूमै निर्भर पर्छ । आफू राम्रो भयो भने कसैले नकारात्मक दृष्टिले हेर्दैनन् जस्तो लाग्छ ।
तपाइँले यो दुई वर्र्षे मोडलिङको दौरानमा केही नकरात्मक अनुभूति पाउनुभएन ?
अँह, अहिलेसम्म कसैले त्यस्तो दृष्टिकोणले मलाई हेरेको छैन । जतिसँग काम गरेँ, सबैबाट राम्रो व्यवहार पाएँ । अघि नै भने नि, आफूमा राम्रो व्यवहार र चरित्र हुनुपर्छ, कसैले केही गर्न आँट गर्दैनन् ।

फिल्ममा अभिनयका लागि प्रस्ताव आएको छैन ?
अहिलेसम्म नेपाली फिल्ममा त आएको छैन । नेवारी म्युजिक भिडियो र डकुमेन्ट्रीमा चाहिँ अफर आएको हो । तर, सयम दिन नसकेर गरिनँ ।
तपाइँको कस्तो फिल्ममा अभिनय गर्ने इच्छा छ ?
सन्देशमूलक र सामाजिक फिल्ममा काम गर्ने इच्छा छ । साथै, रामोन्टिक लभ स्टोरी फिल्ममा पनि काम गर्न मनपर्छ मलाई ।
सिभिल इन्जिजियर तथा मोडल जस्तो माान्छे, प्रेम प्रस्ताव राख्नेहरु टन्नै होलान् नि ?
हुन्छन् तर म भाउ दिन्नँ । पहिलेदेखि नै चिनेका हुन् भने केटा वा केटी होस् साथी मात्र हुन् । जसले नकारात्मक सोच र व्यवहार गर्छ, त्यस्तालाई सुरुमै कट गर्छु ।
तपाइँलाई पहिलो प्रेम प्रस्ताव कहिले आएको थियो ?
८ कक्षामा पढ्दै मलाई प्रेम प्रस्ताव आएको थियो । डाइरेक भन्यो भने नो भन्ने मेरो पुरानै बानी हो । घुमाउरो पाराले ग¥यो भने त्यस्तै तरिकाले आउट गर्छु ।
शोसल मिडिया कतिको चलाउनुहुन्छ ?
चलाउँछु । फेसबुक, इन्स्टाग्राम, ट्विटर र गुगल बढी चलाउँछु । तर, म्यासेन्जरमै झुण्डिएर बस्दिनँ ।
उद्देश्यचाहिँ के लिनुभएको छ ?
सोच र विचारले मान्छे असल बन्ने हो । इन्जिनियरिङ क्षेत्रबाट एक कुसल र मोडलिङ पेशाबाट असल व्यक्ति बन्ने उद्देश्य छ, जसले आफ्नो देश र समाजको पनि हित होस् ।

प्रतिक्रिया दिनुहोस्