Logo
Logo

अन्ततः ज्याङ्मुले मुख्यमन्त्री राईलाई पनि बनाए मोडल ! (भिडियो)


- दृष्टि संवाददाता


काठमाडौं, १६ माघ । कम्युनिष्टहरु पनि कतिसम्म विलासितामा रमाउन जानेका छन् भन्ने उदारहण हेर्न टाढा जानै पर्दैन । हालैमात्र पचास बसन्तमा विवाह बन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हनिमुन रोमान्स हेर्दा काफी हुुन्छ । आफूभन्दा झण्डै २८ वर्ष कान्छी ‘मंगोल सुन्दरी’ ज्याङ्मु इन शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राईको रोमान्सबारे धेरै बखान गरिरहन आवश्यक छैन किनकि, उनीहरुको भिडियोले नै सबै बताएको छ ।

भिडियो हेर्नुस् :

यो भिडियो ज्याङ्मु शेर्पाकै अफिसिरयल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा मुख्यमन्त्री राई र जाङ्मु शेर्पाबीच प्रेममय रोमान्समा देख्न सकिन्छ । यही माघ ११ गते काठमाडौं विवाह बन्धनमा बाँधिएका यो जोडीले आज अर्थात शुक्रबार विराटनगरमा पार्टी दिँदैछन् । यसैबेला फिल्मीशैलीको यो भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा मुख्यमन्त्री राई र उनकी दलाही ज्याङ्मु हिन्दी फिल्मका अभिनेता तथा अभिनेत्रीभन्दा कम देखिएका छैनन् । ‘मिस मंगोल नेपाल–२०१८’को उपाधि पाएपछि मोडलिङमा करिअर बनाएकी ज्याङ्मुले अन्ततः मुख्यमन्त्री अर्थात आफ्ना दुलाहालाई पनि मोडल बनाउन भ्याइन् ।
मुख्यमन्त्री राई र ज्याङ्मुको काठमाडौंमा शाही खानखान शैलीमा विवाह भोज दिएका थिए । नेकपाका केन्द्रीय नेता अर्थात कम्युनिष्ट स्कुलिङका राईको उक्त विवाहलाई लिएर गल्ली–गल्लीका चिया पसलहरुमा समेत चर्चा भइरहेका बेला यो रोमान्स भिडियो सार्वजनिक भएको हो ।
यसअघि विवाहका लागि तयारी गर्दाको एक भिडियो पनि यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा मुख्यमन्त्री राई तीन/चार जना ब्यूटिसियनहरुले मसाज गरिरहेको देख्न सकिन्छ ।

भाइरल भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्