Logo
Logo

विवाह गर्दै अञ्जु पन्त


- दृष्टि संवाददाता


काठमाडौं, १६ माघ । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले कोइराला थरका पुरुषसँग विवाह गर्न लागेका हुन् ।
‘सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले ‘विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय ‘छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन् । तर, विवाह कहिले भन्नेचाहिँ कतैबाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् । परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्