Logo
Logo
महिला फुटबल : एपीएफलाई लगातार पाँचौ जित

महिला फुटबल : एपीएफलाई लगातार पाँचौ जित


- दृष्टि संवाददाता

378
Shares

काठमाडौं, १७ माघ । साविक विजेता एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । जितसँगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

वालिङले ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यस्तै शनिबार नै भएको अर्को खेलमा चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन् । यस्तै ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरिन् । जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । चौदण्डीको यो लगातार चौंथो हार हो । ४ खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्