काठमाडौं, १८ माघ । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुर्नस्थापना हुने दाबी गरेका छन् ।
आइतबार प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनस्र्थापनाको आदेश दिने समेत बताए ।
उनले मुलुकको परिवर्तनको रक्षाका लागि संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे । उनले प्रधानमन्त्री ओली पूर्ण रुपमा फेल भइसकेको र ओलीको दिनगन्ती सुरु भइसकेको बताए ।
खनालले वर्तमान सरकारलाई जनताले नै हटाउने भन्दै संघर्षका कार्यक्रम जारी रहने बताए ।











