Logo
Logo

सिभिल इन्जिनियर जुनुका आर्कषक तस्बिरहरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । युवापुस्ताको रोजाइमध्ये पर्छ मोडलिङ । भिन्न पेसा र व्यवसायीमा संलग्नहरु समेत नामका लागि मोडलिङमा रमाउने गरेका छन् । यस्तै, एक उदाहरण हुन्, जुनु त्वायना ।
जुन पेसाले सिभिल इन्जिनियर हुन् । तर, उनी मोडलिङ पनि गपर्छन् । २१ वर्षीया जुनु मोडलिङसँगै आफ्नो पेसामा पनि सक्रिय रहँदै आएकी छिन् । उनी भन्छिन्, ‘मोडलिङ मेरो रुचि हो, इन्जिनियरिङ पेसा ।’

दुई वर्षकै अन्तरालमा विभिन्न -याम्प, फोटोसुट तथा डकुमेन्ट्रीमा मोडलिङ तथा अभिनय भ्याएकी जुनुले भक्तपुरको ख्वाप कलेज अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङ गरेकी हुन् । तर, सानैबाट मोडलिङमा मोह बोकेकी जुुनुले मोडलिङतिर पनि पाइला राखिन् । ५ फिट ६ इन्च उचाइकी जुनु भन्छिन्, ‘पढाइ र पेसाका हिसाबले म सिभिल इन्जिनियर नै हुँ, तर, मलाई मोडलिङ र अभिनयमा बढी रुचि छ ।’
ग्ल्यामरस क्षेत्रमा नाम कमाउने र आफ्नो पेसाबाट दाम कमाउने उद्देश्य बोकेकी जुनको मोडलिङ यात्रा भने २०१६ यतामात्र सुरु भएको हो । ‘मिस नेवाः’मा सहभागीपछि मोडलिङप्रति अझ बढी रुचि जाग्न थालेको उनले बताइन् । उनी एक असल व्यक्ति बन्न चाहन्छिन् ।

तस्बिर : हरि गोपाल प्रधान

प्रतिक्रिया दिनुहोस्