Logo
Logo

सुरेनको ‘गाल पारा मोरी’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । गायक सुरेन ताम्लिङ लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । बेलायती सेनामा कार्यरत ताम्लिङको ‘गाल पारा मोरी’ बोलको गीत तथा भिडियोलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा गायक ताम्लिङसँग मेरिना चेम्जोङले अभिनय गरेका छन् ।
भ्यालेन्टाइन–डे अर्थात प्रणय दिवश नजिकिँदै गर्दा गायक ताम्लिङले आफ्नो पछिल्लो प्रेमिल गीत ‘गाल पारा मोरी’ सार्वजनिक गरेका हुन् । लोकेन साँवा लिम्बूले निर्देशन गरेको यस गीतको भिडियोमा गायक ताम्लिङ र मेरिना प्रेम जोडीका रुपमा देखिएका छन् ।
सुरेन्द्रविक्रम राणाको शब्द तथा संगीत रहेको यस गीतलाई रोशन बान्तवाले एरेञ्ज गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको यस भिडियोलाई निशान घिमिरेले सम्पदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्