Logo
Logo

किन डिलिट गरिन् कार्डीले आफ्नो इन्स्टा एकाउन्ट ?


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, १ फागुन । बलिउडकी चर्चित गायिका कार्डी बी शोसल मिडियामा ट्रोल बनेकी छन् । कार्डीले यही ११ फेब्रुअरीमा आयोजित ग्रामी अवार्डमा उत्कृष्ट पप गायिकाको अवार्ड जितेकी थिइन् । उनले आफ्नो एल्बम ‘इनवेजन अफ प्राइवेसी’बाट आवार्ड पाएकी हुन् । तर, सोशल मिडिया यूजर्स कार्डीले अवार्ड पाएकामा चित्त बुझेन । उनीहरुका अनुसार कार्डी बी उक्त अवार्ड पाउन लायक होइनन् । सोशल मिडियामा विवाद बढ्दै गएपछि कार्डीले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छन् ।
लगातार आफ्नोबारे अपवाह चल्न थालेपछि उनले आफूलाई बताउदै कार्डीले आफ्नो इन्स्टा अकाउन्टमा एक एक भिडियो पोस्ट गरिन् । त्यसमा कार्डीले जमेर आफ्नो संघर्षबारे बताएकी छन् । उनले उक्त एल्बम तयार गर्दाको संघर्षको कुरा बताएकी छन् । जसमा त्यो समयमा आफू प्रेग्नेन्ट भएको बताएकी छन् । तर, त्यो भिडियो पोस्ट गरेको केही समयपछि कार्डी बीले आफ्नो अकाउन्ट नै डिलीट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्