Logo
Logo

प्रणय दिवशकै दिन प्रणय सुत्रमा बाँधिए वर्षा र संजोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ फागुन । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला मित्रता, प्रेम हुँदै प्रणय सुत्रमा बाँधिएका छन् । पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा र संजोगले १४ फेबु्रअरी अर्थात प्रणय दिवशकै अवसर पारेर बिहीबार औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएका हुन्
वर्षा र संजोग लामो समयदेखि प्रेममा थिए । प्रेममा हुनअघि उनीहरु कुसल साथी थिए । तर, बिहीबार आजबाट वर्षा र संजोग जीवनसाथी भएका छन् ।
उनीहरु ११ फेब्रुअरी अर्थात उनीहरु ११ फेब्रुअरी अर्थात ‘प्रमिस डे’मा इन्गेजमेन्ट गरेर विवाहको औपचारिक घोषणा गरेका थिए । त्यससँगै उनीहरुले सामाजिक संजाल फेसबुकमा बिवाहको निमन्त्रणा कार्ड सार्वजनिक गरे ।
वर्षा र संजोग ६ बर्षअघि निर्माण भएको फिल्म ‘सरी ल’को अडिसनमा भेटिएका थिए । त्यो फिल्मको अडिसन नै उनीको प्रेमको संयोग बन्न पुगेको थियो । विवाहपछि पनि फिल्मी करिअरलाई बगाडि बढाउने वर्षाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्