Logo

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाँदै


Published On : 14 February, 2019


नयाँदिल्ली, २ फागुन (सिन्ह्वा) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही २१ फेब्रुअरीदेखि दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । उनी दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा दुई दिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लागेकाो अधिकारीहरुले जनाएका छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन यसअघि सन् २०१८ को जुलाईमा भारत भ्रमणमा आएका थिए ।
मोदीको भ्रमणका क्रममा मोदी र मुनका बीचमा दुई पक्षीय सम्वन्ध, अन्तर्रा्ष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्