Logo
Logo

निलमको संगीतमा बबिनाको रकिङ स्वर… (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


Babina Kirati, Singer


काठमाडौं, ३ फागुन । पछिल्लो समय निकै व्यस्त रहँदै आएकी संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीत सार्वजनिक भएको छ । निलमद्वारा संगीतबद्ध यो पछिल्लो गीत ‘गोर्खाली छोरी हुँ’मा बबिना किरातीले स्वर दिएकी छन् ।
आफ्नो हरेक संगीत सिर्जनामा निलमले प्रेमभावसँगै नेपालीपन र मौलिकतालाई पनि उठान गर्दै आएकी छन् । त्यस्तै, यसपटक उनले गोर्खालीको प्रशंग उठाएकी छन् । ‘गोर्खालीकी छोरी हुँ म’ गीत यसअघिका भन्दा फरक शैलीमा उनले संगीत दिएकी छन् । सुगमसंगीतमा पोख्त निलमले यसपटक लोकपपमा कम्पोजिशन गरेकी छन् । जसलाई मोडल समेत रहेकी बबिनाले फरक शैलीमा गाएकी छन् । नारायण विष्टको शब्दरचना रहेको यस गीतमा बबिनाको रकिङ स्वर सुनिएको छ ।
‘गोर्खालीकी छोरी हुँ म’ बोलको यो गीतको संगीत कम्पोजिशन पुरानो शैलीको छ । यो पपशैली ५० र ६० को दशक बीचमा खुबै चल्थ्यो । तर, भनिन्छ, फेसन घुमिफिरी फर्किन्छ । त्यस्तै संगीत पनि । त्यस्तै, यो गीतको भाव र संगीत कम्पोजिशनले अहिले ठ्याक्कै मेल खाएको छ । यो गीतलाई अहिलेका दर्शक तथा श्रोताले रुचाउँने छन् भन्नेमा दुईमत छ्रैन । तर, प्रमोशनको भने आवश्यक छ । यस गीतको भिडियोमा गायिका बबिना नै फिर्चड छिन् ।

प्रतिक्रिया दिनुहोस्