Logo
Logo

सालैजोमा ‘सालिकोश गाउँ’ (यस्तो छ भिडियो)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ फागुन । गीतकार निरप्रसाद गुरुङको नयाँ सालैजो ‘सालिकोश गाउँ’ सार्वजनिक भएको छ । यो गाउँ स्याङ्जामा पर्छ । स्याङजामै जन्मिएका गीतकार निरप्रसादले प्रस्तुत सालैजोमा आफ्नै गाउँपाखा, पखेरु र खोला–नालालाई समेटेका छन् ।
सालैजो आफैमा मौलिक भाका हो । मौलिक भाकाका लागि गीतकार गुरुङले मौलिक शब्द चयन गरेका छन् । यस गीतमा गायक नरजंग गुरुङ र गायिका तारा श्रीसले कर्णप्रिय स्वर दिएका छन् ।
यस गीतको एरेन्ज तथा मिक्सिङ एलबी पुनले गरेका हुन् । भिडियोमा खेमबहादुर गुरुङ, शान्ति गुरुङ, गमन घले र कबिता गुरुङलगायतले अभिनय गरेका छन् ।
गीतकार निरप्रसादले आफू स्याङजाको सालिकोशमा जन्मिएकाले प्रस्तुत गीत तयार गर्न अझै सजिलो भएको बताए । गीतको लयमा कहिँकतै आधुनिक शैलीमा छ । उनले यस सालैजोको भिडियोलाई गाउँ समाजकै सदस्य तथा प्रवासमा रहेका शुभचिन्तकको सहयोग र साथले बनाएको बताए । यस भिडियोमा सुवास गुरुङले ड्रोन चलाएका छन् । यस भिडियोको निर्देशन तथा सम्पादन करण गुरुङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्