‘मनको पिँजडा’मा रीमा (भिडियो) « Drishti News – Nepalese News Portal
Logo

‘मनको पिँजडा’मा रीमा (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ फागुन । ‘नेपाल आइडल’ होस्ट रीमा बिश्वकर्मा नेपाल आइडलको फिनालेपछि फेरि म्युजिक भिडियोमा फर्किएकी छन् ।
उनलाई निर्देशक नव ढुंगेलले म्युजिक भिडियोमा फर्काएका हुन् । उनको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीतमाथी बनेको भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा रीमालाई योगेन्द्र राईले साथ दिएका छन् ।
योगेन्द्र यस गीतका गायक पनि हुन् । गीतमा आसुपूर्ण खलिङ राईका शब्द तथा निश्चल राईको संगीत छ । भिडियोमा माधव बेलबासको सम्पादन, अमृत सुनुवारको छायाँकन छ ।
संचारकर्मीका रुपमा समेत चिनिएका निर्देशक ढुंगेल बिगत ६ बर्षदेखी म्युजिक भिडियो, एबं बिज्ञापन निर्माणमा सकृय छन् । उनले हालसम्म २०० जति भिडियो र थुप्रै बिज्ञापन निर्माण गरेका छन् । ढुंगेल आर्टिस्ट नेपाल नेटवर्कका सस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्