Logo
Logo

ट्रक रुखमा ठोकिँदा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता



राजविराज, ५ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा आज आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले बताए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्